सेवा आयोगको अनलाइन पोर्टलमा यहाँहरुलाई हार्दिक स्वागत छ । सेवा आयोगद्वारा प्रकाशन गरिएका विभिन्न शैक्षिक तथा प्रशासनिक पदहरुको विज्ञापन अनलाइन मार्फत भर्न सक्नुहुनेछ ।


अधिकतम उमेरको हद:

  • सेवा प्रवेशको लागि पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
  • उपप्राध्यापकको पदको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
  • सहप्राध्यापक तथा प्राध्यापक पदको हकमा ५० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

अनलाइनमा पठाउनुपर्ने डकुमेन्टहरु:

१. भरिएको फारमको स्क्यान कपी ।

२. नेपालि नागरीकताको प्रमाणपत्रको स्क्यान कपी ।

३. फोटो (हालसालै खिचिएको पासपोर्ट साइजको)

४. बैंक भौचरको स्क्यान कपी ।

५. बायोडाटा – (पिडिएफ वा वर्ड फाइल)

६. प्रवेशिका देखि माथिका सबै शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाणपत्रहरूका प्रतिलिपिहरू (स्क्यान कपी)

७. नेपाल बाहिरका विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक उपाधि (श्रेणी र विषय समेत खुलेको) लाई कृषि तथा वनविज्ञान विश्वविद्यालय वा त्रिविको पाठ्यक्रम विकास केन्द्रबाट स्तर निर्धारण गरेको प्रमाणित प्रतिलिपी ।

८. सेवा अनुभवको प्रमाणपत्रको प्रतिलिपी (बढुवा र आन्तरिकका लागि)

९. सुरुको स्थायी नियुक्ती पत्र (बढुवा र आन्तरिकका लागि)




Recruitment Management System
Version 2.0

Service Commission
Agriculture and Forestry University
Rampur, Chitwan